विदेशबाट फर्केर प्रेमिकासँग गेष्ट हाउसमा बसेका यूवा भोलिपल्टै मृत फेला, कसले गर्यो घात ?

काठमाडौं । नयाँ बसपार्कस्थित शुभकलश गेष्ट हाउसमा एक युवक मृत फेला परेका छन् । मंगलबार प्रेमिकासँगै गेष्ट हाउसमा बास बसेका काभ्रेका २६ वर्षीय प्रमोद गुरुङ बुधबार मृत भेटिएका हुन् ।

गुरुङ असार ११ गते मात्रै युएईबाट नेपाल फर्किएका थिए । उनि विदेशबाट फर्किएको दिनदेखि नै म्याग्दी घर भएकी प्रेमिकासँग उक्त होटलमा बस्दै आएका थिए ।

बुधबार विहान गुरुङकी प्रेमिकाले होटलको रिसेप्सनमा आई उनको मृत्यु भएको जानकारी गराएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार उनीहरुको कोठामा २ वटा वियर, गाजा र यौनबद्र्धक औषधिसमेत फेला परेको थियो ।

युवकको शव त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विज्ञ चिकित्सकले होटलमै आई जाँच गरिरहेको छ । जाँचपछि मृत्युको कारण खुल्ने प्रहरीको भनाइ छ ।

मृतक गुरुङ र युवती दुबै जना अविवाहित हुन् । उनीहरु ११ गतेदेखि १४ गतेसम्म सोही होटलमा बसेका थिए । त्यसपछि नगरकोट घुम्न गएर मंगलबार साँझ पुनः होटलमा आएर बसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?