काठमाडौं । उद्योग वाणिज्य संघका अध्यक्ष सहित तीनजना पक्राउको विरोधमा व्यापारीहरुले अत्तरिया बजार बन्द गराएका छन् । कैलाली प्रहरीले बुधबार बिहान पत्रकार सम्मेलनबाटै उद्योग वाणिज्य संघका अध्यक्ष अशोक देवकोटासहित तिनजनालाई पक्राउ गरेको थियो ।
उद्योग वाणिज्य संघका अध्यक्ष देवकोटा, सदस्य विपिन साउँद र व्यापारी दिनेश विष्टलाई प्रहरीले पत्रकार सम्मेलन गरिरहेको बेला पक्राउ गरेपछि व्यापारीहरुले अत्तरिया बजार बन्द गराएका हुन् । पक्राउ परेका तिनजनालाई तत्काल रिहा गर्न उनीहरुले माग गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया