बाँध भत्केर सात गाँउमा बाढी पस्यो, ७ जनाको मृत्यु, २० बेपत्ता

काठमाडौं । महाराष्ट्रको रत्नगिरी जिल्लामा बाँध भत्किँदा ७ जनाको मृत्यु भएको छ, भने २० जना बेपत्ता भएका छन्।

मुम्बईबाट २ सय किलोमिटर दुरीमा रहेको कोंकण क्षेत्रमा तिवरे बाँध भत्किएपछि सातवटा गाँउमा एकैपटक अचानक बाढी छिरेको थियो ।

जिल्ला प्रशासन अधिकारीका अनुसार बाँध भत्किएको ठाउँबाट केही किलोमिटर टाढा मृतकहरूको शव फेला परेको थियो।

स्थानीय प्रशासनका अनुसार, मंगलबार राति ८ः३० बजे बाँधमा ओभरफ्लो शुरू भएको थियो। एक घन्टा भित्र नै बाँधको एक भाग भत्किँदा अचानक वरिपरीको क्षेत्रमा बाढी पसेको हो ।

पछिल्लो ४ दिनदेखि मुम्बईको कोन्कणको उक्त तटिय क्षेत्रमा भारी वर्षा भइरहेको थियो । जसको कारण मुम्बईको जनजिवन प्रभावित भएको छ । मुम्बई, पुना र कल्याणमा अलग अलग घटनामा अहिलेसम्म २७ जनाको मृत्यु भइसकेको छ ।

सोमबार मुम्बई एयरपोर्टमा १ सय ६७ जान यात्रुहरू रहेको स्पाइस जेटको विमान अधिक वर्षाका कारण चिप्लेर रनवेबाट बाहिर गएको थियो जसका कारण २ सय भन्दा धेरै उडान प्रभावित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?