नेविसंघद्वारा मिर्गौला रोगका पीडितलाई आर्थिक सहयोग

काठमाडौं । कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्मजयन्तिको अवसर पारेर जोरपाटीस्थित मेडिकल कलेजमा उपचारत मिर्गौला रोगका पीडित बिरामीलाई आर्थिक सहयोग गरेको छ ।

नेविसंघले आपसमा रकम संकलन गरेको ५२ हजार रुपैयाँ संखुवासभाको धर्मदेवी नगरपालिकाका ३२ वर्षीय पुष्पबहादुर खत्रीलाई सहयोग गरेको हो ।

नेविसंघ धनकुटा बहुमुखी क्याम्पस इकाई सभापति करुणा कटवालको समन्वयमा संकलन भएको उक्त रकम नेविसंघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले मिर्गौला पीडित खत्रीलाई हस्तान्तरण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?