‘कविर सिंह’ले कायापलट गर्दियो साहिदको करिअर

appharu
0
Shares

एजेन्सी । बलिउड प्रवेश गरेको लामो समय पछि प्रदर्शनमा रहेको चलचित्र ‘कविर सिंह’ले नायक साहिद कपुरको करिअरलाई कायापलट गरिदिएको छ ।

चलचित्रबाट साहिदको खुबै चर्चा भइरहेको छ । साहिदले करिअरमा लामो समयपछि ब्ल्कबस्टर चलचित्र दिएका छन् । चलचित्रले बुधबारसम्म भारतीय बक्स अफिसमा २ सय करोडको हाराहारीमा व्यापार गरेको छ ।

चलचित्र यो बर्षकै सर्वाधिक कमाउने सूचीको पहिलो नम्बरमा पुग्ने पक्का जस्तै छ ।
उनी अनुबन्धित भएका केही चलचित्रहरु निर्माण भएनन् । कहि छायांकन भएर पनि रिलिज भएनन् । साहिद अनुवन्धित भएर पनि नबनेका ३ चलचित्रको चर्चा गरौ ।

पहिलो :- यहाँ के हम सिकन्दर
निर्देशक अहमद खानले निर्देशन गर्ने भनिएको चलचित्र ‘यहाँ के हम सिकन्दार’का लागि साहिद कपुर र जोन अब्राहम पक्का थिए । फुटबलको विषय यो चलचित्रको निर्माण गर्न लागिएको थियो । तर, पछि भारतमा फुटबलको क्रेज सकिएको भन्दै निर्देशकले चलचित्र बनाएनन् ।

दोस्रो :- कहीं तो मिलेगी
साहिद कपुरले ‘इश्क विश्क’बाट बलिउडमा डेब्यु गरेका थिए । तर, यो चलचित्र भन्दा पहिला उनले ‘कहीं तो मिलेगी’ नामक चलचित्र साइन गरेका थिए । तर, उक्त चलचित्र कहिल्यै छायांकनमा गएन । यो चलचित्रलाई बाबी खानले निर्देशन गर्ने पक्का थियो ।

तेस्रो :- हीर–राँझा
‘पद्मावत’मा काम गर्नु पूर्व नै दीपिका पादुकोण र साहिद कपुरको जोडी बाँधिने पक्का थियो । यो जोडीले साबिर खानको निर्देशनमा बन्ने चलचित्र ‘हीर–राँझा’मा काम गर्ने पक्का भएको थियो । निर्देशकले एक अन्तरवार्तामा चलचित्रको छायांकन छिट्टै सुरु हुने बताएका थिए । तर, यो चलचित्र बनेन ।

यस्तै उनी अनुबन्धीत भएका तर नचलेका अथावा निर्माण नभएका अन्य केहि चलचित्र रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?