अर्घाखाँची जीप दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ३ पुग्यो

काठमाडौं । अर्घाखाँचीको सुपादेउराली मन्दिर नजिकै भएको जीप दुर्घटनामा परि ज्यान गुमौनेको संख्या ३ पुगेको छ । दुर्घटनामा छ जना घाइते छन्।

मृत्यु हुनेमा तीनैजना पुरुष रहेको प्रहरीले जनाएको छ। ६ जना घाइतेलाई उपचारका लागि बुटवल पठाइएको छ।

बिहीबार बिहान सुपादेउराली मन्दिरबाट सन्धिखर्क जाने सड्कको उकालोमा दुर्घटना भएको हो। जीप सड्कबाट ६०० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ।

मृत्यु भएकाको भने पहिचान खुलेको छैन। जीपमा १० जना सवार थिए।

यो पनि पढ्नुहोस्

अर्घाखाँची जीप दुर्घटना: २ को मृत्यु, ५ जना गम्भीर घाइते

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?