काठमाडौं । नेपाल गुणस्तर परिषदको १०१ औँ बैठकले १८ वटा सामानमा नेपाल गुणस्तर (NS) स्वीकृत गरेको छ ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रि मात्रिका यादवको अध्यक्षतामा बसेको बैठकले १८ वटा वस्तु तथा सेवामा NS चिन्ह प्रदान गरेको हो ।
लिपिस्टिक, स्किन क्रिम, स्किन लोसन, मट्टितेल, डिजेल, पेट्रोल, लगायत १८ वस्तु तथा सेवामा NS चिन्ह प्रदान गरिएको नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया