एजेन्सी । उत्तरपश्चिम पाकिस्तानमा भएको एक डुङ्गा दुर्घटनामा कम्तीमा चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य २१ जना अझै पनि बेपत्ता रहेका छन् ।
भाग्यबस कसैलाई जिवीतै उद्धार गर्न सकिन्छ भन्ने आशामा उद्धारकार्य जारी राखिएको उद्धारकार्यका संलग्न अधिकारीहरुले जानकारी दिएका छन् ।
खैबर पाख्तुनख्वा प्रान्तमा रहेको इनडुस नदीमा शाङगलाबाट हारीपुरबाट गइरहेको डुङ्गा बुधबार दुर्घटना भएको थियो ।
यस डुङ्गामा ३८ व्यक्ति सवार रहेका र ती मध्य १३ जनाले भने पौडी खेलेर ज्यान बचाएका स्थानीय प्रहरी अधिकारी जाहिद उल्लाहले एएफपी समाचार समितिलाई जानकारी दिएका छन् ।
दुई महिला र दुई बालबालिकाको शव नदीबाट निकालेको जाहिदले बताएका छन् । उद्धारकार्य अझै पनि जारी रहेको तर जिवीतै उद्धार गर्ने सम्भावना अत्यन्त कम रहेको पनि जाहिदले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया