गोली हानाहानपछि विप्लवका २ कार्यकर्ता बेपत्ता, निकाल्यो यस्तो विज्ञप्ति !

काठमाडौं । विप्लवले संखुवासभामा प्रहरी र ‘विप्लव’ समूहबीच भएको दोहोरो गोली हानाहान घटनामा आफ्नो दुई कार्यकर्ता बेपत्ता भएको दाबी गरेको छ ।

गत आइतबार तिलिचुङ गाउँपालिकाङ १ मा विप्लव समूह र प्रहरीबीच दोहोरो गोली हानाहान भएको थियो ।

उक्त घटनापछि आफ्ना तीन जना कार्यकर्ता सम्पर्कविहीन भएकोमा एक जना कार्यकर्ता सम्पर्कमा आएको र अन्य दुई जना वेपत्ता रहेको भन्दै व्यक्तव जारी गरेको छ ।

विप्लव माओवादीको पूर्वी केन्द्रीय कमाण्डले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै तीन वेपत्ता कार्यकर्तामध्ये सुजन अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएरको अन्य दुई कार्यकर्ताको अवस्था अज्ञात रहेको दाबी विप्लवको छ।

पार्टी कार्यकर्ताहरु संगठन सुदृढीकरण र विस्तार अभियानमा पुगेका बेला प्रहरीले तीन वटा हेलिकप्टरसमेत खटाएर घेरा हाली एकोहोरो गोली चलाएको र त्यसलाई दोहोरो भिडन्तको संज्ञा दिएको विज्ञप्तिामा देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?