विकास निर्माणमा हुने ढिलासुस्ती रोक्न मन्त्री महासेठको यस्तो प्रस्ताव ‘सात दिनभित्र केही आउँछ

काठमाडौं । सरकार आफ्नै निर्माण कम्पनी स्थापना गर्ने तयारीमा जुटेको छ ।

बिहीबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले विकास आयोजनाहरुमा हुने ढिलासुस्ती रोक्न निर्माण कम्पनी गठनको तयारीमा रहेको बताए ।

‘नेपाल सरकार आफ्नै निर्माण कम्पनी स्थापना गर्न गइरहेको छ । सात दिनभित्र केही आउँछ’ उनले भने । सरकारले आफ्नै निर्माण कम्पनी बनाए पनि निजी निर्माण कम्पनीलाई पनि प्रोत्साहन गर्ने मन्त्री महासेठले बताए ।

मन्त्री महासेठले काठमाडौंलाई आगामी आर्थिक वर्षभित्र नयाँ काठमाडौं बनाउने बताए । कोटेश्वरमा सरकारले आफ्नै पैसाले कभर्र्ड अन्डरपास बनाउन लागेको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?