काठमाडौं । धर्मगुरु रामबहादुर बम्जन तीन बर्षको लागि महाध्यानमा बसेका छन ।
कमलामाई नगरपालीका वडा नम्बर–८ पैरे सिन्धुलीमा रहेको उनको आश्रम–काजोक्पामा यही असार १ गतेदेखि पुनः तीन वर्षका निम्ति ध्यानमा बसेको बोधि श्रवण धर्म संघले जनाएको छ ।
संघले बिहीवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै बम्जन विश्व शान्तिको निम्ति पुनः महाध्यानमा बसेको जानकारी गराएको हो ।
उक्त महाध्यान समय अवधिभित्र अनेक विशिष्ट पूजाआजा र शिष्यहरुलाई धार्मिक प्रशिक्षण प्रदान गरिने पनि संघले स्पष्ट पारेको छ ।
कार्यक्रममा बोल्दै संघका केन्द्रीय अध्यक्ष निलबहादुर थिङले सम्पुर्ण जगत, संघ, धर्म र आम शुभचिन्तकहरुलाई गुरुले चालेको मार्गको बारेमा जानकारी गराउन पत्रकार सम्मेलन गरिएको बताए ।
पहिलेपनि गूरुले ध्यान लगायतका बिभिन्न स्वबचन तथा आध्यात्मीक कार्य गर्दे आएको जनाउदै २०६२ देखि २०६८ सम्म तपस्या गरिसकेको बताउदै विश्व शान्तीको महामैत्रीका निमित्त अहिलेको महाध्यान केन्द्रित रहने पनि उनको भनाई छ ।
पत्रकार सम्मेलनमा अनुयायीहरु सुन्दर तामाङ, शुभलाल थिङ, कृष्णबहादुर ग्याबक, वृषध्वज वाईवा, पनित महर्जन, मंगल महर्जन र ढुण्डी बम्जन लगायतको उपस्थिति थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया