शेयर बजार: नेप्से आठ अङ्कले घट्यो

appharu
0
Shares

काठमाडौं । मङ्गलबार र बुधबार दोहोरो अङ्कले उकालो लागेको शेयर बजार कारोवार मापक नेप्से परिसूचक आज भने आठ अङ्कले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ८ दशमलव २७ बिन्दुले घटेर एक हजार २६० दशमलव ४७ मा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १ दशमलव ५३ अङ्कले घटेर २७१ दशमलव ४५ बिन्दुमा झरेको छ ।

नेप्से ओरालो लागे पनि कारोवार रकममा भने वृद्धि भएको छ । कूल १ सय ७७ कम्पनीको ८९ लाख ८५ हजार ३ सय ५३ कित्ता शेयर ६७ करोड एक लाख ६९ हजार ९ सय २९मा खरीद बिक्री भए । स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूह सबैको शेयर ओरालो लागेको छ ।

बैंकिङ ६ दशमलव ५९, होटल २४, विकास बैंक ४ दशमलव ८१, जलविद्युत् १२ दशमलव ५१, वित्त ३ दशमलव ३५, निर्जीवन बीमा ६२ दशमलव ४५, उत्पादन १ दशमलव ४, अन्य ५ दशमलव ६७, लघुवित्त ७ दशमलव ५, जीवन बीमा ५३ दशमलव ९७ र सामूहिक लगानी कोष ० दशमलव ०३ बिन्दुले घटेको छ ।

स्टकका अनुसार आज कारोवारका आधारमा सिद्धार्थ इक्विटी फण्ड शीर्ष स्थानमा छ । उक्त योजनाको पाँच करोड ५२ लाख २२ हजार २ सय ४७, प्रभु बैंक पाँच करोड ५१ लाख ४३ हजार ७ सय १७, नेपाल बैंक चार करोड ७३ लाख २४ हजर ५ सय ४२, नेपाल दूरसञ्चार कम्पनी तीन करोड ८८ लाख तीन हजार ३९४, मेगा बैंक तीन करोड १६ लाख ६१ हजार ५ सय ६४, प्रिमियर इन्स्योरेन्स तीन करोड १२ लाख दुई हजार ६ सय ५३ र सिभिल बैंक दुई करोड ७३ लाख २१ हजार ३ सय ६८ मा कारोवार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार आज सूर्योदय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९ दशमलव ९९ प्रतिशतले कमाए । समिट लघुवित्त वित्तीय संस्था ९ दशमलव ९६, स्वावलम्बन लघुवित्त वित्तीय संस्था ९ दशमलव ७६, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था ६ दशमलव ४९, सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था ४ दशमलव २१ र सिटीएक्सप्रेस फाइनान्स कम्पनीका शेयरधनीले ४ दशमलव ०८ प्रतिशतले कमाए ।

त्यस्तै युनियन हाइड्रोपावर लिमिटेड ६ दशमलव ५५, प्रुडेन्टियल इस्योरेन्स ५ दशमलव ६१, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संस्थापक शेयर ४ दशमलव १६, स्वदेशी लघुवित्त वित्तीय संस्था ३दशमलव ८१, वेस्ट फाइनान्स कम्पनी ३ दशमलव ८० र सानिमा इक्विटी फण्डका लगानीकर्ताले ३ दशमलव ७९ प्रतिशतले गुमाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?