प्रधानमन्त्रीज्यू आउनुहोस् मेरो स्कुटीमा बनस्थलीसम्म जाऔँ !

काठमाडौं । नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले प्रधानमन्त्रीलाई स्कुटरमा बसेर यात्रा गर्न आग्रह गरेकी छन् ।

बिहीबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा उनले प्रधानमन्त्री केपी ओलीलाई यस्तो आग्रह गरेकी हुन् ।

प्रधानमन्त्रीले काठमाडौंमा मास्क लगाएर हिँड्न पर्दैन भन्ने अभिव्यक्ति प्रति व्यंग्य प्रहार गर्दै शाहीले भनिन्, ‘आउनुस् मेरो स्कुटीको पछाडि बस्नुस् । बनस्थलीसम्म जाऊँ । मास्क लगाउन पर्छ कि पर्दैन हेरौं ।’

मास्क लगाउनु नपर्ने प्रधानमन्त्रीको अभिव्यक्तिको सामाजिक सन्जालहरुमा पनि तीव्र विरोध भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?