उखुँ खेतीतर्फ आकर्षित किसान, गहुँ उत्पादन घट्यो

appharu
0
Shares

काठमाडौं । किसान उखुँ खेतीतर्फ आकर्षित भएका र विगतकोभन्दा बढी जमीनमा उखुखेती गरिएकाले यस वर्ष पर्सा जिल्लामा १३ हजार मेट्रिकटन कम गहुँ उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

आर्थिक वर्ष २०७४-०७५ मा ३१ हजार हेक्टर जमीनमा गहुँखेती गरी ८० हजार ६०० मेट्रिकटन उत्पादन गरिएकामा आव २०७५/०७६ मा २६ हजार हेक्टर जमीनमा गहुँखेती गरी ६७ हजार ६०० मेट्रिकटन उत्पादन भएको थियो ।

यस वर्ष जिल्लाका किसानले उखुखेतीलाई प्राथमिकतामा राखेकाले उत्पादनमा कमी आएको उक्त कार्यालयले जनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?