युट्युव भिडियो टाईटलमा तीन नायिकाको ब्यंग्यात्मक सवाल

appharu
0
Shares

काठमाण्डौ । नेपालमा युट्युब लोकप्रिय भएपनि यसमा राखिएको विषय तथा भिडियोहरुले दर्शकलाई भुक्याउने गरेको भन्दै युट्युब भिडियो क्रिएटरमाथि प्रश्न उठ्ने गरेको छ ।

यसबाट दर्शक मात्र नभई भिडियोमा प्रस्तुत गरिएका पात्रपनि सन्तुष्ट देखिदैनन् । यसै सन्दर्भमा नेपालका तीन अभिनेत्रीहरुले ब्यंग्यात्मक सवाल उठाएका छन् । बिहिबार सानो पर्दाको ‘कमेडी च्याम्पियन’ शो को जानकारीका लागि आयोजना गरिएको कार्यक्रममा उपस्थित अभिनेत्री केकी अधिकारी, रिमा विश्वकर्मा र ऋचा शर्माले यस्तो ब्यंग्यात्मक सवाल उठाएका हुन् ।

सामान्यतया कस्ता विषयमा माथि धेरै हाँस्नुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनीहरुले युट्युबमा राखिएका शीर्षक हेरेर धेरै हाँस्ने गरेको जवाफ दिए ।

कुन र कस्ता शीर्षकमा हाँस्नुहुन्छ? जवाफमा अभिनेत्री केकी अधिकारीले ‘सरी ! भन्नै नमिल्ने टाइटल हुन्छन् ।’ भन्दै माफी मागिन् ।

अभिनेत्री रिमाले थपिन्, ‘कमेडी च्याम्पियन’ शो निमार्ण र प्रदर्शनमा ल्याउनुमा पनि अधिकांश युट्युबर साथीहरुको देन छ ।’

ऋचाले थपिन्, ‘यस विषयमा कार्यक्रमको एउटा अंकनै डेडिकेट गर्ने छौँ ।’ यौनसँग रहेर प्रश्न गर्ने र सोहीअनुसार शीर्षक राख्ने प्रवृत्ति रहेको अभिनेत्रीहरुको बुझाई छ ।

‘सत्य के हो भने, संसारमा बढी बिक्री हुने विषयहरु मध्य ‘सेक्स’ पनि हो । त्यसैले शीर्षकहरु त्यहीअनुसार राखिनु एक प्रकारको ब्यापार हो । जे बिक्री योग्य हुन्छ त्यसलाई शीर्षक बनाईनु सामान्य जस्तो लाग्छ ।’ अभिनेत्री रिमाको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?