मनाङे प्रवेशको नेकपाभित्रै विरोध

appharu
0
Shares

काठमाडौँ – सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगमा संलग्न रहेको ठहर गरी सजाय तोकिएका गण्डकी प्रदेशसभाका सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई पार्टी प्रवेश गराएपछि नेकपाभित्र तीव्र विरोध भएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेकपा स्थायी समिति सदस्य पृथ्वीसुब्बा गुरुङले बिहीबार गुरुङलाई पार्टी प्रवेश गराएका हुन् । गुरुङलाई प्रवेश गराउने क्रममा मुख्यमन्त्रीले
नेकपा सुध्रिन चाहनेहरूका लागि एउटा प्लेटफर्म भएको धारणा राखेका थिए । नेकपाका नेताहरूले पार्टीको नीति र सिद्धान्तलाई ख्याल नगरी विवादित व्यक्तिलाई प्रवेश गराएको भन्दै आपत्ति जनाएका छन् । नेकपाका नेता–कार्यकर्ताले सामाजिक सञ्जालमा नेतृत्वमाथि प्रश्न उठाएका छन् , कान्तिपुरमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?