चीनमा टोर्नाडो र ताइफून, ६ जनाको मृत्यु ११० घाइते

appharu
0
Shares


चीनको उत्तरपूर्वी प्रान्त ल्याओनिङमा टोर्नाडो आँधीबाट ६ जनाको मृत्यु भएको छ ।

१ सय १० जना घाइते भएका छन् ।

ल्याओनिङ प्रान्तको खाइयुआन शहरमा बुधबार दिउँसो ५ बजेर १५ मिनेट जाँदा आएको टोर्नाडोले शहरको आर्थिक विकास क्षेत्रलगायत आवासीय भवनमा ठूलो क्षती भएको छ ।

तस्वीर गूगलबाट


उक्त प्राकृतिक प्रकोपपछि खाइयुआन शहरले तुरुन्तै दुई तहको आकस्मिक उद्धार शुरु गरेको छ ।

प्रकोपमा परेकाहरुलाई उद्धार दल, आकस्मिक सेवा, चिकित्सा क्षेत्रलगायत सबैलाई उद्धार कार्यमा संलग्न हुन स्थानीय सरकारले निर्देशन दिएको छ ।

हालसम्म २१० जना प्रभावित मानिसको उद्धार गरिसकेको छ । चीनको हाइनान प्रान्तमा मुन नामक ताइफुन आएको छ ।

सम्भावित क्षेत्रका स्थानीयलाई सतर्क रहन सूचना जारी गरिएको बिबिसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?