काठमाण्डौं । गायक आदित्य नारायण झा कन्सर्टका लागि काठमाण्डौँ आउँने भएका छन् ।
असार २१ गते आदित्यले काठमाण्डौंको ठमेल स्थित क्लब फरेनहाइटमा आफ्नो लाइभ प्रस्तुत दिनेछन । आदित्य नारायण झा लाइभ इन नेपाल’ मा उनले बलिउडसँगै नेपाली हिट गीत प्रस्तुत गर्नेछन् ।
अभिनेता समेत रहेका आदित्य प्रसिद्ध गायक उदित नारायण झा र दीपा झाको छोरा हुन् । सारेगमपा, एक्स फ्याक्टर र खतरा खतरा खतरा जस्ता शोज् होस्ट गरेर चर्चा बटुलेका आदित्यले नेपाली फिल्म ‘कुसुमे रुमाल २’ मार्फत पार्श्व गायकको रुपमा डेब्यु गरेका थिए ।
‘रंगीला’ फिल्म मार्फत अभिनयमा डेव्यु गरेका आदित्यले ‘परदेश’ र ‘जब प्यार किसिसे होता है’मा पनि बाल कलाकारको भूमिका निर्वाह गरिसकेका छन् ।
उनले भिडियो सम्बोधन मार्फत जुलाई ६ अर्थात असार २१ गते नेपाल आउने बताएका छन् । ‘म आदित्य नारायण भिजिट नेपाल २०२० अन्तर्गत नेपाल आउँदैछु’ भिडियोमा उनले सम्बोधन गरेका छन् ।
उनले नेपालसँग आफुले समय विताउनेमा विश्वस्त रहेको जनाउदै सबैलाई कार्यक्रममा निम्तो समेत गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया