‘अझै दुख्छ घाउ’ प्रदर्शन

appharu
0
Shares

काठमाडौं । काठमाण्डौंमा ‘अझै दुख्छ घाउ’ नाटक प्रदर्शन गरिएको छ ।

महिला, कानुन तथा विकास मञ्चको आयोजनामा फोटो प्रदर्शनीसँगै द्वन्द्व पीडितको अवस्था चित्रण गर्ने नाटक पनि प्रदर्शन गरिएको हो ।

बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा ५ दिनसम्म नाटक मञ्चनसँगै द्वन्द्व र द्वन्द्व पीडितबारे फोटो प्रदर्शनी, वृतचित्र प्रर्दशन र छलफल हुनेछ । प्रदर्शनीको राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले उद्घाटन गरेका हुन् ।

नाटकले द्वन्द्वका क्रममा मानसिक सन्तुलन गुमाएका मानिस र उनीहरुको तहसनहस भएको परिवारिक अवस्थाको चित्रण गरेको छ ।

शैली थिएटरका कार्यक्रम संयोजक नारायण न्यौपानेको लेखन तथा निर्देशनमा तयार गरिएको यस नाटकमा प्रियंका चौधरी, देबेन्द्र बब्लु, सुवास सुवेदी, रोबिन तामाङ, करिश्मा केसी, सुरन्जन शर्मा, राज सुवेदी, निर्भिक भट्टराई, रुपक काफ्ले, प्रकृष्ट रेग्मी लगायतको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?