’मिटू’ को आरोप पछि अनु मलिक इन्डियन आइडलबाट आउट

appharu
0
Shares

एजेन्सी । ‘मि टू’ आरोप खेपिरहेका इन्डियन आइडलका निर्णायक अनु मलिक रियालिटी शोबाट विदा भएका छन् ।

पछिल्लो समय म्युजिक डाइरेक्टरको रुपमा प्रभावशाली अनुमाथि यौन शोषणको आरोप थियो ।

गएको महिना मात्रै उनी इन्डियन आइडलको ११ एपिसोडमा ‘जज’ रहने चर्चा थियो । तर हालै उनी च्यानलबाट बाहिरिएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

अनुले भने यसबारे टिप्पणी गर्न नचाहेको बताएका छन् । आफू हाल म्युजिकल पोजेक्टमा व्यस्त रहेको भन्दै यसबारे केहि समयमा धारणा सार्वजनिक गर्ने प्रतिक्रिया दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?