काठमाडौंमा बाटिक मेला शुरु

appharu
0
Shares
sf7df8f}+sf] b/af/dfu{l:yt xf]6n cGgk”0f{df OG8f]g]l;ofnL afl6s d]nfsf] pb3f6g ub{} g]kfnsf nflu OG8f]g]l;ofnL /fhb’t l/gf lk ;f]Pdfdf] / g]kfnsf nflu OG8f]g]l;ofnL cj}tlgs jfl0fHob”t rGb|k|;fb 9sfn . tl:a/ M Ps/fh kf7s, /f;;

काठमाडौं । राजधानीमा बाटिक मेला शुरु भएको छ ।

इन्डोनेशियाली दूतावास र नेपालस्थित इन्डोनेशियाली अवैतनिक वाणिज्यदूतको कार्यालयद्वारा आयोजित सो मेला राजधानीको दरबारमार्गस्थित होटल अन्नपूर्णमा बिहीबारबाट शुरु भएको हो ।

नेपालका लागि इन्डोनेशियाली राजदूत रिनो पि सोएमर्मो र नेपालका लागि इन्डोनेशियाली अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकालले मेलाको संयुक्तरूपमा उद्घाटन गरेका हुन् । आजसम्म सञ्चालन हुने मेलामा इन्डोनेशियाली बाटिकद्वारा निर्मित पहिरनहरु राखिएको उक्त कार्यक्रमको सह–आयोजक आइएमइ समूहले जनाएको छ ।

मेलामा बाटिक कपडाका सौखिनहरुका साथै नेपालमा रहेका इन्डोनेशियाली समुदायका नागरिक र नेपाल तथा इन्डोनेशियाका ट्राभल एजेन्सीहरुको पनि सहभागिता रहने बताइएको छ ।

मेलाको उद्घाटन कार्यक्रममा नेपालका लागि इन्डोनेशियाली राजदूत सोएमर्मोले इन्डोनेशिया र नेपालको सम्बन्धको घनिष्ठताको चर्चा गरे । इन्डोनेशिया नेपालको एक हितैषी राष्ट्र हो भन्दै उनले यी दुई देशबीच धार्मिक, सांस्कृतिक लगायतका धेरै क्षेत्रमा असल सम्बन्ध रहिआएको स्पष्ट पारेका छन् ।

नेपालका लागि इन्डोनेशियाली अवैतनिक वाणिज्यदूत ढकालले नेपाल र इन्डोनेशियाबीचको असल सम्बन्धको चर्चा गर्दै पछिल्लो समयमा इन्डोनेशिया र विशेषगरी त्यहाँको बाली टापू नेपाली पर्यटकहरुको एक आकर्षक गन्तव्य बनेको बताए ।

उद्घाटन कार्यक्रममा इन्डोनेशियाको कला र संस्कृति झल्किने खालका विविध सांस्कृतिक कार्यक्रम तथा इन्डोनेशियाली बाटिकबाट निर्मित पहिरनहरुको ‘फेसन सो’ पनि प्रस्तुत गरिएको थियो ।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?