विश्वकै स्वस्थ देश स्पेन, नेपाल कति सफा ? नेपालले जित्यो भारतलाई (सूचिसहित )

अमेरिकाले खर्चिन्छ स्वास्थका लागि धन !

appharu
0
Shares

विश्वकै स्वस्थ देश कुन होला ?
स्पेन ।
संसारको सबैभन्दा स्वस्थ देशको सूचीमा स्पेन एक नम्बरमा पर्छ ।

उसलाई पच्छ्याउदै इटलीले दोस्रो स्थानमा छ ।

विश्व स्वास्थय संगठनले निकालेको तथ्यांकमा नेपाल एक सय दशौं स्थानमा छ । यो सूचीको शीर्ष तेस्रो स्थानमा आइसल्याण्ड र क्रमश जापान, स्विटजरल्याण्ड छन् । दक्षिण एशियाली देशमा श्रीलङ्का ६६ औं नम्बरमा, बंगलादेश ९१ औं स्थान, भारत १ सय १९ औं स्थानमा छ ।

भारतभन्दा नेपाल ९ स्थान अघि छ । ब्लूमबर्ग हेल्दियस्ट कन्ट्रि इन्डेक्सले संसारभरीका एक सय ६९ देशको स्वास्थ्य सम्बन्धी मूल्यांकन गरेपछि यो सूची तयार गरेको हो । छिमेकी मुलुक चीन ५२ औं स्थानमाछ । जनताको समग्र स्वास्थ्य अवस्थाबाहेक संक्रमित र गैर–संक्रमित रोगबाट हुने मृत्यु र औसत आयु लगायतको विश्लेषणबाट यो नतिजा निकालिएको हो । सार्वजनिक भएको तथ्यांकअनुसार अमेरिकाले नागरिकको स्वास्थका लागि निकै ठूलो धनराशि खर्चन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?