स्तन क्यान्सरलगत्तै पाठेघर क्यान्सर एन्जेलिना जोली ४३ वर्षमा यति ‘हट’

यसरी रहन्छिन् 'फिट एण्ड फाईन' !

appharu
0
Shares

हामी रुघा लाग्यो भनेपनि फेसबुक वा सामाजिक सञ्जालमा पोस्ट्याउँछौँ र सहानुभुति माग्छौँ । आराम गर्नुको सट्टामा गेट वेल सून पर्खिन्छौँ । नयाँ प्रविधीको विकासले हामीलाई यो आदत बसिसकेको छ । तर क्यान्सर जस्ता ेभयानक रोग लागेकी नायिकाले आफूलाई कुन हदसम्म बचाईन् । प्रयास गरिन् । र आज पनि उनी उत्तिकै चर्चामा छिन् । हो, उनलाई स्तन क्यान्सर भयो । त्यसको औषधोपचारपछि फेरी पाठेघरको क्यान्सर ।

विश्व प्रख्यात एन्जेलिना जोली जसलाई विश्वले चिनेको छ । उनी एक हलिउड चलचित्र उद्योगकी विश्व विख्यात अभिनेत्री हुन् । उनले आफ्नो जीवनकालको ४३औँ बसन्त पार गरिसक्दा पनि उनलाई त्यस्तै फिट देख्न सकिन्छ ।
हुन त उनलाई सन् २०१३ मा स्तन क्यान्सर भयो जसबाट बच्न उनले दुवै स्तन फाल्नु प-यो । साथै स्तन क्यानसरको केहि समय नबित्दै पाठेघरको क्यानसर भयो त्यस बाट बच्न उनले पाठेघरको फ्यालोेपियन ट्युव र ओभरी फाल्न लगाएर क्यानसर मुक्त भइन् ।
अहिलेसम्म आउँदा उनको तीन जना संग विवाह भइसकेको छ । साथै उनी ६ सन्तानकी आमा पनि हुन् । उनले तीनजना धर्म पुत्र पनि राखेकी छिन् ।
विश्वमा बहुचर्चित अभिनेत्री उनी सबैको प्ररणाको स्रोत भनेर पनि उनलाई चिन्न सकिन्छ । यो उमेरमा पनि उनी आफुलाई सुन्दरतामा त्यत्तिकै सक्रिय राख्न सक्षम छिन तर यसको राज के हो त? आउनुहोस् जानौँः
बिशेष किसीमको जीमः
एन्जेलिना हरेक हप्ता रुटिन मिलाएर सोमबार देखि शुक्रबार सम्म जिम धाउने गर्छिन् । जसले गर्दा उनले आफ्नो चाहेको जस्तो फिगर मेन्टेन गर्न सक्षम छिन् । उनी गुन्नर पिटरसन प्रख्यात प्रशिक्षक द्धारा प्रशिक्षण लिइरहेकी छिन् ।
तौल व्यवस्थापनः
एन्जोलिना फिट रहन सधै तौल कम गर्ने क्रियाकलाप गर्छिन् । साथै उनले कम क्यालोरीयुक्त खाना खाएता पनि तौल मेन्टेन गर्न पर्याप्त मात्रामा फलफुल र तरकारी खाने एजेन्सी मार्फत बताएकी छिन् ।
नियमित व्यायामः
फिल्मका लागि आवश्यक फिगर बनाइराख्न उनी दैनिक २ घण्टा कसरत वा व्यायाम गर्छिन् । प्रशिक्षकको निगरानिमा व्यायाम गर्दा उनले आफ्नो शरिरको हड्डी र मांसपेशी लाई बिषेश ख्याल राख्ने गरेको बताउछिन् ।
सन्तुलित भोजनः
उनको प्रमुख रहस्य नै उनले नियमित सेवन गर्ने भोजन हो । उनले प्राय धेरैजसो पुराना अन्न मात्र सेवन गर्ने र बिभिन्न किसिमका नट्स, तरकारी आदिका बीजहरु समावेश भएको अनाज खाने गर्छिन् । उनको अनुसार यस्ता फाइबर युक्त खानेकुराले शरीरलाई स्वस्थ राख्ने, छालालाई चम्किलो बनाउने तथा पाचन प्रणाली बलियो बनाउन सहयोग गर्ने उनी बताउछिन् । बिशेष खान अन्र्तगत थोरै मासु अर्गानिक फलफुल तरकारी र पीनट्स खाने गर्छिन् । सबै तस्वीर गूगलबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?