बिर्सने बानीले दिक्क हुनुभएको छ ? यस्ता छन् टिप्सहरु

कसरी बढाउने मेमोरी पावर ?

appharu
0
Shares


के तपाइको बिर्सने बानी छ ? यदि तपाई अक्सर कुरा कामहरु र गर्नैपर्ने भनेका विषय समेत बिर्सिरहनुहुन्छ भने तपाईलाई बिर्सने रोग लागेको हुन सक्छ ।


वंशाणुगत गुण, विभिन्न मानसिक रोग, अत्याधिक थकाई तथा अन्य विविध कारणले गुम्दै गएको मेमोरी पावर नियमित व्यायाम गरेर फेरी कायम राख्न सकिन्छ ।


धेरै उमेर भएको वयस्कहरुमा अल्जाइमरको लक्षण देखिने बित्तिकै यदि उनले दैनिक रुपमा व्यायाम गर्छन् भने सम्झने क्षमतामा बृद्धि हुने एक सर्वेले बताएको छ ।


त्यसैले मस्तिष्क लाई सुरक्षात्मक असर उत्पन्न गराउन दैनिक रुपमा व्यायाम गर्नुपर्ने अमेरीकाको रश विश्वविद्यालयले खोज अनुसन्धान बाट पत्ता लगाएको हो ।

तस्वीर गूगलबाट


कसरी बढाउने मेमोरी पावर ?
मेमोरी पावर कसरी बढाउने जान्नुहोस् टिप्सहरु :

शरिरको ब्यायाम गर्दा ब्रेनको पनि ब्यायाम गर्नुहोस् ।

प्रर्याप्त मात्रामा मिठो निन्द्रा सुत्नुहोस् ।

साथिहरु सङ्ग राम्रो सम्बन्ध राख्नुहोस् र रमाइलो गर्ने गर्नुहोस्।

खुलेर हाँस्नुहोस् ।

सकेसम्म तनाव कम गर्नुहोस्।

फलफुल र हरियो तरकारी हरु प्रर्याप्त मात्रामा खानुहोस्।

दिनदिनै पत्रीका पढ्नुहोस् ।


आँखा यतायता सलबलाउनुहोस् ।


नयाँ ठाउँमा घुमफिर गर्नुहोस् ।


धेरै गन्थनमन्थन नगर्नुहोस् ।


कोठामा रातो अथवा हलुका नीलो रङ्ग लगाउने


हरीयो रुखबिरुवा नियाल्नुहोस्


गोलभेँडा , ओखर, स्ट्रबरी, दही, जाइफल, तुलसी, अलैँची, चिया, कफी, बेसार, दालचिनी तथा मरिचको नियमित सेवन समेत मस्तिष्कको क्षमता वृद्धि गर्छ । -एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?