सय वर्षका जोन र १ सय २ वर्षकी फिलिसले गरे लभ म्यारिज !

काठमाडौं । तपाइको मनमा प्रश्न उठ्ला १०० वर्षमा पनि कसैले बिहे गर्लान् र ? तर तपाइँको यो प्रश्नको कौतुहलताको जवाफ अमेरिकाका एक जोडीले दिएका छन् ।

अमेरिकाको ओहियोस्थित सय वर्षका जोन र १ सय २ वर्षकी फिलिस कुकले विवाह गरेका छन् । उनीहरु दुबै पछिल्लो एक वर्षदेखि प्रेम सम्बन्धमा थिए ।

दुबैको भेट गत वर्ष किंग्सटन रेसिडेन्स नामको वृद्धाश्रममा भएका उनीहरुको दोस्ती समयसँगै प्रेममा परिणत भयो ।

उनीहरु एक–अर्कालाई डेट गर्न थालेका थिए । उक्त एक वर्षदेखिको प्रेम गत बुधबार विवाहमा परिणत गरेका छन् ।

जोनले आफ्नो विवाहबारे भनेका छन्, ‘यो हाम्रो योजनामा थिएन । तर हाम्रो यहाँ भेट भयो । यहाँ विवाह होला भनेर सपनामा पनि सोचेको थिइनँ ।’

जोनले दोस्रो विश्वयुद्ध लडेका थिए । उनी भर्खरै सय वर्ष पुगेका हुन् । अगस्ट ८ मा फिलिस १ सय ३ वर्ष पुग्नेछिन् । उनकी आमा १ सय ६ वर्ष बाँचेकी थिइन् । करिब १० वर्षअघि उनकी श्रीमतीको निधन भएको थियो । यस्तै, फिलिसका श्रीमानको १५ वर्षअघि निधन भएको थियो । श्रीमानको निधनपछि नै उनी वृद्धाश्रममा बस्न थालिन् ।

त्यही वृद्धाश्रममा गत वर्ष जोन पनि आएपछि आफूहरु प्रेममा परेको फिलिसले बताइन् ।

उनीहरुले आफुहरुबीच धेरै कुरा मिल्ने र एक–अर्काको साथमा रमाउने बताएका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?