काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइफा अवार्ड नेपालमा गर्न मन्त्रिपरिषद बैठकले निर्णय गरेको भन्दै उक्त निर्णय राम्रो नियतले गरिएको बताए ।
शुक्रबार पार्टी कार्यालय धुम्वाराहीमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “पर्यटन वर्ष २०२० लाई सहयोग पुग्छ भनेर त्यो निर्णय गरेको हो । सुझबुजकै साथै त्यो निर्णय गरिएको हो । तर, यहाँ नकारात्मक टिकाटिप्पणी भए ।”
सरकार न्युन खर्चमा कार्यक्रम गर्न चाहेको पनि प्रधानमन्त्री ओलीले प्रष्ट पारे । उनले आइफा अवार्डबारे डील भइरहेको र कुरा मिले नेपालमै हुने पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया