काठमाडौं । नेशनल मेडिकल कलेज वीरगन्जमा अध्ययनरत दुई विद्यार्थीबीच छुरा हानाहान भएको छ ।
नेशनल मेडिकल कलेज र शिक्षण अस्पतालमा एमबिबिएसमा अध्ययनरत दुई विद्यार्थीबीच आज बिहान छुरा हानाहान हानाहान भएको हो ।
छुरा प्रहारबाट सर्लाही गोरैता नगरपालिकाको रामवन निवासी रन्जित प्रसाद रौनियारसहित तीन जना घाइते भएका छन् ।
वीरगन्ज १५ त्रिशुल चौकमा डेरा गरि बस्ने रौतहट रमौलीका अरबिन्द सहनीले सामान्य विवादमा एकासी छुरा प्रहार गर्दा रौनियार, मिना देवि र चान्दनी कुमारी घाइते भएका छन् । उनीहरु रौनियारका आमा र बहिनी हुन् ।
घाइते तिनै जनाको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मिना देविको हातमा, चान्दनीको पेटमा रन्जितको जिउमा छुरा प्रहार भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया