जनपत्रकार संगठन सहितको र अधिकारकर्मीको टोली सर्लाहीमा, कारण यस्तो

मृतक पौडेलको पोष्टमार्टम रिपोर्ट सार्वजनिक गर्न माग

appharu
0
Shares


प्रहरीद्धारा असार ५ गते हत्या गरिएका नेपाल कम्युनिष्ट पार्टीका सर्लाही इन्चार्ज कुमार पौडेलको परिवारसँग पत्रकार तथा मानवअधिकारकर्मीको टोलीले भेटघाट तथा छलफल गरेको छ ।

तस्वीर गूगलबाट

जनपत्रकार संगठन,नेपालका अध्यक्ष प्रकाश डुम्रे र महासचिव हिम विष्ट,अधिकारकर्मी रोहित पौडेलको अगुवाईमा पुगेको पत्रकार र मानवअधिकारकर्मीको टोलीले उनका परिवार, आफन्त छिमेकी तथा स्थानीयसँग छलफल गरेका हुन् । पौडेलको परिवारले दोहोरो भिडन्त भनिएतापनि प्रहरीले योजनाबद्ध ढंगले कुमारको हत्या गरेको आरोप लगाए ।

अहिलेसम्म पनि मृतकको पोष्टमार्टम रिपोर्ट नदिएकोमा परिवारले आपत्ति जनाए । प्रहरीले जवाफी फाइरिङ भएको भनेतापनि घटनास्थल नजिकै रहेका स्थानियले गोलीको कुनै आवाज नसुनेको कुराकानी क्रममा बताए ।


छलफल तथा भेटघाट पछि टोली राष्ट्रिय मानवअधिकार आयोगको कार्यालय जनकपुर पुगेर मिडिया काउन्सिल विधेयक र पछिल्लो समय मानवअधिकारको अवस्था बारे छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?