इण्डियन बेष्टिज अवार्ड कलाकार राजोपाध्यायलाई

appharu
0
Shares

काठमाडौं । गएको तीन दशकदेखि संगीत साधनामा लागेका कलाकार सुदर्शन राजोपाध्यायलाई भारतमा सम्मान गरिने भएको छ ।

भारतको एनआरबी फाउन्डेसन र भव्या इन्टरनेशनलले इन्डियन बेस्टिज अवार्ड २०१९ बाट सम्मान गरिने शनिवार रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।

आफूले पाउने सम्मानको बारेमा बोल्दै वरिष्ठ सरोद वादक, संगीतकार, गायक तथा रचनाकार पनि रहेका राजोपाध्याय आयोजक संस्थाले प्रत्येक बर्ष प्रदान गर्दे आएको संगीत र साहित्यतर्फको सम्मानबाट यसपटक आफूलाई छानेको भन्दै आयोजकप्रति आभार व्यक्त गरे ।

यही जुलाई १४ मा राजस्थानमा आयोजना हुने उक्त सम्मानबाट सम्मानित हुन पाउँदा आफूले संगीत क्षेत्रमा पु-याएको योगदानको उच्च मूल्यांकन भएको उनको धारणा रहेको छ। आर वि फाउन्डेशन र भव्या इन्टरनेशनलले प्रत्येक वर्ष प्रदान गर्दै आएको संगीत र साहित्यतर्फको सम्मानबाट यसवर्ष संगित साधक राजोपाध्यायलाई प्रदान गर्न लागेको हो ।

उक्त कार्यक्रम अन्तर्राष्ट्रिय मैत्री सम्मेलनको रूपमा हुने भनेर आफूहरुलाई आयोजकले जानकारी दिएको पनि राजोपाध्यायले बताए। उक्त कार्यक्रममा नेपालसहित भारत, मालदिभ्स लगायतका देशबाट पनि सहभागिता रहनेछ। अन्तर्राष्ट्रिय मैत्री सम्मेलनको कार्यक्रममा राजोपाध्यायको सरोद वादन कार्यक्रम पनि हुनेछ।

सन् २०१३ मा भारतको पश्चिम बंगाल सरकारबाट समेत सम्मानित भैसकेका राजोपाध्याय २०१५ मा गुजरातमा सुरिल साँझको तर्फबाट स्वर्णपत्र प्राप्त गरिसकेको स्रष्टाको रुपमा चिनिन्छन् । नेपाल र भारत गरेर दर्जनौ सरोद वादकका कार्यक्रम गरिसकेको उनी सन् २००२ मा रेडियो नेपालमा भएको जिल्लाव्यापी संगित प्रतियोगितामा प्रथम भएका थिए।

साथै, नेपालमा शास्त्र सम्मान २०१८, सेभ दी नेशन अवार्ड लगायत थुप्रै पुरस्कारबाट सम्मानित भएका उनका नेपाली र नेवारी गरेर चर्चित पलपल, पानीसरी, त्यो रात, नसला, हसना, छन्ह्, निन्ह्, छगू मतिनालगायतका क्यासेट तथा सिडीहरु बजारमा आइसकेका छन्।

जापानी भाषामासमेत गीत गाइसकेका उनका शास्त्रीय संगिततर्फ वन डे रागाज, सोलफूल म्युजिक फर मेडिटेसन भारतबाटै सुरिल म्यूजिक इन २०१५ प्रकाशित रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?