नेपाल मेरो घर हो : गायक आदित्य नारायण

appharu
0
Shares

गायक उदितनारायण झाका छोरा एवं गायक आदित्य नारायण झा नेपाल आइपुगेका छन् ।

शनिबार त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलमा पत्रकारहरुसँगको संक्षिप्तमा कुराकानीमा उन्ले आफू धेरै वर्षपछि नेपाल आउन पाउँदा खुसी भएको बताए ।

उन्ले भने ‘नेपाल मेरो घर हो । धेरै समय पछि आएको छु । समय मिलाएर नियमित नेपाल आउने छु’ । शनिबार साँझ हुने क्लब फरेनहाइटमा हुने कार्यक्रमका लागि आदित्य नेपाल आएका हुन् ।

कार्यक्रममा कुन–कुन नेपाली गीतहरु गाउनुहुन्छ भन्ने प्रश्नमा उन्ले आफूले त्यसको बारेमा केही पनि नबताउने सबै सरप्राइज दिने बताए । शनिबार साँझ कार्यक्रम सकेर आदित्य आइतबार नै भारत फर्कनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?