‘सत्या’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

appharu
0
Shares

काठमाडौं । चलचित्र ‘सत्या’को पोस्टर तथा ट्रेलर सार्वजनिक गरिएको छ ।

धनेश्वर फिल्मस् प्रालीको व्यानरमा निर्माण भएको फिल्म ‘सत्या’को काठमाण्डौंमा एक कार्यक्रमका बिच पोस्टर तथा ट्रेलर सार्वजनिक गरिएको हो ।

ट्रेलरमा फिल्मको केही मुख्य मुख्य अंसले प्रथामीकता पाएका छन् । एक्सन लभस्टारी जनरामा निर्माण भएको फिल्म ‘सत्या’ कार्तिक २२ गतेबाट सार्वजनिक प्रदर्शनमा आउनेछ ।

मिलन आले मगरको निर्देशन रहेको फिल्ममा राज कालाखेती, विकास थापा मगर, वर्षा थिङ, करण सिंह बोहरा, प्रिया शर्मा, सुमन खत्री, गौरव सम्राट लगायतकाको अभिनय छ ।

सुमन खत्री, झम्का देवि कालाखेती र करण सिंह बोहराको लगानी रहेको फिल्मको कार्यकारी निर्माता मदन थिङ हुन् । विकास चौधरीको संगीत, रामजी लामिछाने, सुरेश पाण्डे र सुरेन वस्यालको कोरियोग्राफी, देव महर्जनको द्धन्द्व निर्देशन, तारा थापा (किम्भे) र श्यामराज श्रेष्ठको सम्पादन फिल्ममा रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?