सरकारविरुद्द उर्लियो नेविसंघ

काठमाडौं । सरकारले भारतबाट आयात गरिने तरकारी तथा फलफूलमा विषादी भए नभएको जाँच नगरीकनै आयात गर्ने निर्णयमा नेविसंघले विरोध गरेको छ ।

आइतबार काठमाडौंको प्रदर्शनमार्गस्थित बाल्मिकी क्याम्पसबाट सुरु भएको विरोध -याली पुतली सडकमा पुगेर समापन भएको थियो ।

पूर्व महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा नेविसंघका नेता कार्यकर्ता सडकमा उत्रिएका हुन् । जनताको पक्षमा टिक्न नसकेको भन्दै उनीहरुले सरकार विरुद्ध सडक दवाब दिएका छन् ।

सरकारले भारतीय विषालु तरकारी तथा फलफूल बिना जाँच नेपाल आयात गर्न दिएर जनस्वास्थ्यमाथि गम्भीर खेलबाड गरेकोले आफुहरु बिरोधमा उत्रन बाध्य भएको सुशील भट्टले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?