काठमडौँ, १ मंसिर । मलेसियामा जारी एसीसी यु–१९ एसिया कपअन्तर्गत आज भएको सेमिफाइनल खेलमा नेपाल अफगानिस्तानसँग सात विकेटले पराजित भएको छ मलेसियाको क्वालालम्पुरस्थित किन्नरारा ओभलमा टस हारेर ब्याटिङ गरेको नेपालले अफगानिस्तानलाई १०४ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रेको अफगानिस्तानले २०.३ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य भेट्टायो अफगानिस्तानलाई जितका लागि १० रन मात्र आवश्यक भएको बेला वर्षाका कारण खेल करिब दुई घन्टा स्थगित हुनपुगेको थियो । नेपालले सबै विकेट गुमाउँदै २८ ओभरमा १०३ रन मात्र बनायो । नेपालका लागि अनिलले शाहले सर्वा्धिक ५० रन बनाए । बलिङतर्फ अफगानिस्तानका मुजीब उर रहमान एक्लैले ६ विकेट लिए अफगानिस्तानको जीतमा सुरुवाती ब्याट्सम्यान रमानुल्लाह गुर्वाजले सर्वा्धिक ७१, इक्रम अलीले १८, इब्राहिम अली खिलले १८ तथा दरबिस अब्दुल रसुल १२ रनमा अविजित रहे नेपालका कमलसिंह ऐरी, पवन सर्राफ र सन्दिप लामिछानेले एक–एक विकेट लिए । फाइनलमा अफगानिस्तानले आइतबार पाकिस्तानको सामना गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया