एसइईको नतिजा आज सार्वजनिक हुँदै, नतिजा कसरी हेर्ने ? (तरीकासहित)

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक हुने भएको छ ।

परीक्षा नियन्त्रण कार्यालयले नतिजा सार्वजनिक अघि दिउँसो १ बजे बोर्ड बैठक बोलाएको छ। बोर्ड बैठकपछि नतिजा सार्वजनिक गरिनेछ।

२०७५ चैत १० गतेदेखि परीक्षा सञ्चालन भएको थियो। देशभरबाट चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी छन्।

यसरी हेर्नुस् नतिजा

नतिजा नेपाल टेलिकमका ग्राहकले १६०० मा डायल गरी प्राप्त निर्देशन अनुसार जानकारी लिन सक्नेछन्। यस्तै, टेलिकम तथा एनसेलको मोबाइल प्रयोगकर्ताले १६०० मा म्यासेज गरेर पनि नतिजाबारे जानकारी लिन सक्नेछन्।

यस्तै, परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट http://see.gov.npबाट पनि नतिजाबारे जानकारी लिन सकिनेछ। नेपाल टेलिकमको वेबसाइट http://see.ntc.net.np/ बाट पनि नतिजा थाहा पाउन सकिनेछ। राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट http://www.neb.gov.np/results बाट पनि नतिजाबारे जानकारी लिन सकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?