‘टाइम्स अफ नेपाल’ ले ल्यायो नेपालीमै समाचार पढेर सुनाइदिने एप्स

काठमाडौं । नेपालीमा समाचार पढ्न नसक्ने वा पढ्न समय नभएका पाठकहरुलाई नेपालीमा समाचार पढेर सुनाइदिने एप्स आएको छ ।

जिनियस सिस्टम्सले जारी गरेको मोबाइल एप ‘टाइम्स अफ नेपाल’ले समाचार आवाजसहित प्रस्तुत गर्ने गरी एपलाई अपडेट गरेको हो । यस एपमा अब पाठकहरुले समाचार पढ्ने मात्र हैन सुन्न पनि सक्नेछन् ।

अब ‘टाइम्स अफ नेपाल’मा मोबाइल आफैले पाठकहरुलाई समाचार पढेर सुनाइदिने भएको हो । हाललाई यो फिचर एन्ड्रोइडमा मात्र उपलब्ध हुने छ । यो फिचर प्रयोग गर्नका लागि इन्टरनेटको आवश्यकता पर्नेछ ।
यो फिचर लेख-पढ गर्न नसक्ने, वा समाचार पढ्न समय दिन नसक्ने सबैका लागि उपयोगी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?