काठमाडौं । नेपाल राष्ट्र बैकले सबै बैंक तथा वित्तीय संघ सस्थाहरुसँग वित्तीय छलफल गरिरहेको छ।
बिहीबार राजधानीको याक एण्ड होटलमा राष्ट्र बैकले विशेष बैठक बोलाउँदै मुलुकमा संचालित सबै बाणिज्य बैंक, बिकास बैंक तथा अन्य फाईन्यान्सियल कम्पनीहरुसँग वित्तीय छलफलमा जुटेको हो ।
आजको बैक तथा वित्तीय कम्पनीहरुसँगको छलफलमा राष्ट्र बैंकले बिग मर्जरको बिषयलाई जोड दिने बुझिएको छ ।
छलफलमा सहभागी एक बैंकर्सले २१ गतेसम्म मर्जरको ठोस निर्णय दिन राष्ट्र बैंकले निर्देशन दिएको छ । छलफलका क्रममा राष्ट्र बैकले स्वतस्फूर्त मर्जरमा जाने हो वा फोर्स मर्जरमा जाने हो निर्णय गर्न समेत बैंकहरुलाई भनेको छ ।
बाणिज्य बैंक, बिकास बैंक र फाईन्यान्सिक कम्पनीहरूसँग गिरने छुट्टाछुट्टै छलफलमा कुनै पनि मिडिया तथा पत्रकारलाई प्रवेश दिईएको छैन ।
११ बजेबाट शुरुभएको बैठकमा ११ देखि १ बजे सम्म बाणिज्य बैकहरुसँग, १ बजेदेखि ३ बजेसम्म बिकास बैंकहरुसंग र ३ बजेदेखि ५ बजेसम्म वित्तीय कम्पनीहरुसग छलफल हुदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया