प्रधानमन्त्री ओली र विभिन्न देशका महावाणिज्य दुतहरुबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग विभिन्न देशमा रहेका नेपालका लागि अवैतनिक महावाणिज्य दुतहरुले भेटवार्ता गरेका छन् ।

आज बिहान बालुवाटारमा भएको भेटघाट तथा छलफलमा नेपालका राष्ट्रिय प्राथमिकताहरुलाई सम्बन्धित देशहरुमा कसरी प्रवद्र्धन गर्ने भन्ने बिषयमा छलफल भएको छ ।

प्रधानमन्त्री स्रोतका अनुसार नेपाल भ्रमण बर्ष सन् २०२० को अवसरमा धेरै मुलुकका नागरिकलाई नेपालमा भित्र्याउने सन्दर्भमा पनि व्यापक छलफल भएको छ ।

त्यस्तै प्रधानमन्त्री ओलीले नेपालमा बैदेशिक लगानी भित्र्याउनका लागि पहल गर्न पनि महावाणिज्यदुतहरुलाई आग्रह गरेका छन् ।

भेटमा विभिन्न कामको सिलसिलामा विदेशमा पुगेका नेपालीहरुको सुरक्षाका मामलामा, त्यहाँ भएका अफ्ठ्यारा स्थितीको बारेमा नेपालका तर्फबाट पूर्ण रुपमा सहयोग हुनुपर्ने प्रधानमन्त्री ओलीको धारणा थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?