भौतिक पूर्वाधार मन्त्रालयमा विनियोजित रकमबारे छलफल

appharu
0
Shares

काठमाडौं । गण्डकी प्रदेशसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७६ अन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयमा विनियोजित रकम सम्बन्धमा छलफल भएको छ ।

बैठकमा सदस्यले भौतिक पूर्वाधार विकास मन्त्रालयमा अन्यमा भन्दा बढी रकम विनियोजन भएको बताउँदै यसको सही कार्यान्वयनको आवश्यकता औँल्याए ।

प्रदेशसभा सदस्य गायत्री गुरुङले जनताका आधारभूत आवश्यकता र भावना समेटेर बजेट आएको बताउँदै यसको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

बजेटले प्रदेशको राजधानीबाट जिल्ला सदरमुकाम र जिल्ला सदरमुकामबाट प्रत्येक स्थानीय तहलाई जोड्न खोजेको बताउँदै यसले समृद्ध प्रदेशका लागि महत्वपूर्ण आधार तयार गरेको बताए ।

प्रदेशसभा सदस्य मणिभद्र कँडेलले बजेटले स्थान र आवश्यकतालाई समेट्न नसकेको बताउँदै बजेटमा देखिएका त्रुटि देखाउनु, सचेत गराउनु प्रतिपक्षको जिम्मेवारी भएको बताए ।

मोहनप्रसाद रेग्मीले प्रदेशको समृद्धिका लागि भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताउँदै त्यसैअनुरुप बजेट विनियोजन भएको उल्लेख गरेका छन् । भगवतप्रकाश मल्लले बजेटअनुसार व्यवहार नदेखिएको बताए । कृष्ण थापाले रातो किताबमा प्रणालीगत त्रुटि भनी छुट पत्र आएको चर्चा गर्दै त्यसमा पनि सबैलाई नसमेटिएको गुनासो गरे।

राजीव पहारीले यथार्थताको जगमा विकास र समृद्धिलाई लक्षित गर्दै बजेट आएको टिप्पणी गरे । बैठकमा प्रदेशसभा सदस्य मीना गुरुङ, विष्णुप्रसाद लामिछाने, दीपक थापा, लक्ष्मी सुनार र सावित्रा गुरुङले बजेटको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

अर्को बैठक भोलि दिनको १ बजे बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?