सांसद शान्ता चौधरी एसईई परीक्षामा उत्तीर्ण

काठमाडौं । नेकपाकी सांसद तथा सचेतक शान्ता चौधरी एसईई परीक्षामा उत्तीर्ण भएकी छिन् ।

दाङको तुलसीपुरस्थित तुलसीपुर माध्यामिक विद्यालयबाट परीक्षा दिउकी शान्ता बी ग्रेड ल्याएर उत्तीर्ण भउकी हुन् ।

२०७३ सालमा डाँडागाउँ मावि गोग्ली, घोराही–२ मा कक्षा ८ मा भर्ना भएकी थिइन् । उनी खुला विद्यालयमा भर्ना भएकी थिइन् ।

चौधरी २०६४ को पहिलो संविधानसभामा पनि तत्कालीन एमालेको कोटाबाट समानुपातिक सांसद बनेकी थिइन् ।

यस्तै चौधरीसँगै एसईई दिएकी उनकी छोरी बिनु चौधरीले बी प्लस ल्याएर उत्तीर्ण भएकी छिन् ।

१७ वर्षीया छोरी विनुले बाल सिर्जनालय सेकेण्डेरी बोर्डिङ स्कूल बसुन्धरा, काठमाडौँबाट परीक्षा दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?