बाँदरले मारिदियो कोक्रोमा खेलिरहेकी एक महिने बालिका …

appharu
0
Shares


कोक्रोमा खेलिरहेकी बालिकालाई बाँदरले आक्रमण गरेर ज्यान लिएको छ । घटना भारतको हो । भारतको सम्भाल जिल्लाको जुनाभाइमा कोक्रोमा खेलिरहेकी बालिकाले लिएको दुधको बोतल खोस्ने क्रममा बालिकाको ज्यान गएको थियो । मृतक बालिकाको आमा बरण्डा नजिकै बसेर काम गरिरेहकी थिईन् ।

उनले भारतिय मिडियासँग बताएकी छिन्, ”छोरी सुनिरहेकी थिईन् । त्यतिखेर बाँदर आयो र उनीबाट दूधको बोतल खोस्न खोज्यो । बाँदर घरको छतमा बसिरहेको थियो र उसले बोतल देखेपछि अचानक शिशुमाथि आक्रमण गर्‍यो ।”

कोक्रोमा बाँदर झुण्डिरहेको देखेपछि आत्तिएर सुनिताले गुहार मागिन् । उनका परिवारका सदस्यहरू घरभित्रबाट आएर बाँदरलाई भगाउन खोजे । तर बाँदर भाग्नुभन्दा पहिला बच्चीलाई घाइते बनाइसकेको थियो ।

भारतिय सञ्चार माधयमले जनाएअनुसार उनलाई तत्कालै स्थानीय अस्पताल पुर्‍याइएको थियो तर बाटैमा उनको मृत्यु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?