काठमाडौं । मेडिकल अफिसरको परीक्षामा १७ जना सहभागी भएका छन् । महानगरको स्वास्थ्यतर्फ करार सेवामा कर्मचारी छनौट गर्न परीक्षा शुरु गरिएको छ । यसैक्रममा आज (शुक्रबार) मेडिकल अफिसर सातौं तहका उम्मेद्वारको राष्ट्रिय सभा गृहमा लिखित परीक्षा भइरहेको छ । १० पद संख्याका लागि १९ जनाको आवेदन प्राप्त भएकोमा परीक्षामा २ जना अनुपस्थित भए ।
परीक्षा सञ्चालन तथा शिफारिस समितिले स्वास्थ्य सेवातर्फ ४ पदमा करार सेवाबाट पदपूर्ति गर्न जेठ २ गते सार्वजनिक सूचना प्रकाशन गरेको थियो ।
आर्थिक बर्ष २०७५/०७६ को १ नं. बिज्ञापनका रुपमा सातौं तहका १० जना मेडिकल अधिकृत माग गरिएको छ । त्यस्तै सहायक स्तर पाँचौंका हेल्थ असिस्टेन्ट, स्टाफ नर्स र ल्याब टेक्निसियनमा क्रमश १०÷१० जना र श्रेणीबिहिन कार्यालय सहयोगीमा ४ जनाको माग गरिएको छ ।
श्रेणीबिहिन कार्यालय सहयोगीमा २४४ जनाको उम्मेद्वारले फारम भरेका छन् ।
अन्य पदमध्ये स्टाफ नर्सको परीक्षा भोलि १४ गते पद्मकन्या बिद्याश्रम डिल्लीबजारमा, हेल्थ असिस्टेन्टको पर्सि १५ गते बिजय मेमोरियल मा. बि. डिल्लीबजारमा र ल्याब टेक्निसियनको असार १६ गते बिजय मेमोरियल स्कूलमै लिखित परीक्षा हुने तालिकामा उल्लेख छ ।
श्रेणीबिहिन कार्यालय सहयोगीको भने अन्तरवार्ता मात्र हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया