२५ जिल्लामा मेघ गर्जनसहित वर्षा हुने, यस्तो छ ३ दिनको मौसम

काठमाडौं । देशको मध्य र पूर्वी भूभागमा सामान्य बदलि तथा पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदलि रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद्का अनुसार मध्यका अधिकांश स्थानका साथै पश्चिमी भेगका केही स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।

यसैगरी २५ जिल्लामा साताभरिनै सामान्य बदलि रही धेरै स्थानहरुमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहने महाशाखाले जनाएको छ । साताको मध्य र अन्ततिर एक दुई स्थानमाहरुमा भारी वर्षाको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार झापा, मोरङ, सुनसरी, सिराहा, महोत्तरी, बारा, चितवन, रुपन्देही, बाँके, कैलाली, धनकुटा, दोलखा, काभ्रे, धादिङ, कास्की, पाल्पा, रुकुम, दाङ, सुर्खेत, डोटीलगायत संखुवासभा, मुस्ताङ, जुम्ला र दार्चुला जिल्लामा हल्कादेखि मध्यम वर्षा हुने छ ।

आज दिउँसो देशको मध्य र पूर्वी भूभागमा सामान्य बदलि तथा पश्चिमि भूभागमा आंशिकदेखि सामान्य बदलि भइ पूर्वका तथा माध्यका केहि स्थानहरुमा साथै पश्चिमि भेगका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।

त्यस्तै राति देशको मध्य र पूर्वी भूभागमा सामान्य बदलि तथा पश्चिमि भूभागमा आंशिकदेखि सामान्य बदलि भइ पूर्व र मध्यका केहि स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।
शनिबार देशको मध्य र पूर्वी भूभागमा सामान्यदेखि पूर्ण बदलि तथा पश्चिमि भूभागमा आंशिकदेखि सामान्य बदलि भइ पूर्व र मध्यका केहि स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ ।

यस्तै आइतबार देशभर सामान्यदेखि पूर्ण बदलि भइ पूर्व र मध्यका केहि स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?