बैतडीको पाटनमा सिसीटिभी क्यामरा जडान

काठमाडौं । आपराधिक क्रियाकलाप न्यूनीकरण गर्ने उद्देश्यले बैतडीको पाटन नगरपालिकाले बजार क्षेत्रमा सिसीटिभी क्यामरा जडान गरिएको छ ।

बजार क्षेत्रका मुख्यमुख्य स्थानमा ११ वटा सिसी क्यामरा जडान गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यबहादुर सिंहले जानकारी दिए ।

करीब पाँच लाखको लागतमा उक्त सिसीटिभी क्यामरा जडान गरिएको नगरपालिकाले जनाएको छ ।

सिसीटिभी क्यामेरा जडानबाट शान्ति सुरक्षामा सहज हुने, अपराध न्यूनीकरणमा टेवा पुग्ने र आपराधिक क्रियाकलाप गरेर भाग्ने समूहलाई सहज पहिचान गरेर कानूनको परिधिभित्र ल्याउन सहज हुने विश्वास गरिएको छ । सिसीटिभी क्यामराको कन्ट्रोल इलाका प्रहरी कार्यालय पाटनमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?