यसरी भएको थियो युवतीमाथि सिरिन्ज आक्रमण (भिडियोसहित)

काठमाडौं । राजधानीको ढल्कुमा युवतीमाथि भएको सिरिन्ज आक्रमणको भिडियो सार्वजनिक भएको छ ।

प्रहरीमा सिरिन्ज आक्रमणबारे रिपोर्ट परेलगत्तै प्रहरीले युवतीलाई आक्रमण भएको क्षेत्रमा जडान गरिएका सीसी टीभीबाट फुटेज निकालेर अनुसन्धान थालेको थियो ।

प्रहरीले आक्रमणमा संलग्न सन्तोष कार्कीलाई पक्राउ गरि सार्वजनिक गरेसंगै घटनाको सीसीटीभी फुटेज पनि सार्वजनिक गरेको छ ।

सिसी क्यामराबाटै पहिचान

उक्त घटना ढल्कुमा राखिएको सिसी क्यामरामा कैद भएको थियो । त्यसमा एक महिला कुकुर डुलाउँदै सडकमा हिँडिरहेको देखिन्छ । एक्कासि अगाडिबाट आएको मोटरसाइकल उनको नजिकै आइपुग्छ र एक हातले केही हानेजस्तो गरेको देखिन्छ ।

त्यसपछि ती महिला फनक्क फर्किएको देखिन्छ । त्यही सिसी क्यामराको आधारमा मोटरसाइकल पहिचान भएको हो । स्थानीयले चक्रपथमा मोटरसाइकल देखेपछि प्रहरीलाई खबर गरेका थिए । अनुसन्धान गर्दै जाँदा त्यही मोटरसाइकल भएको पुष्टि हुन पुग्यो ।

पीडित परिवारका एकजना सदस्य लक्ष्मण देउलाका अनुसार सिसी क्यामरामा देखिएको हुलियाको आधारमा उस्तै मोटरसाइकल सडकमा देखेपछि प्रहरीलाई खबर गरेर पक्राउ गर्न सफल भएको हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?