देउवाले भने:- राणा, पञ्चायत, राजतन्त्र ढालेको काँग्रेसलाई वर्तमान सरकार ढाल्न के गाह्रो ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार हुने गरी ल्याइएको विधेयक कुनैपनि हालतमा पारित हुन नदिने बताएका छन् ।
शुक्रबार पार्टीनिकट स्थानीय तहका कर्मचारीहरुले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभापति देउवाले लोकतन्त्रमाथि प्रहार गरिरहे सरकार ढालिदिने समेत चेतावनी दिएका छन् ।

सभापति देउवाले भने, ‘लोकतन्त्रका लागि राणा ढालेको काँग्रेसले पञ्चायतलाई ढाल्यो, राजतन्त्रलाई ढाल्यो भने केपी ओली नेतृत्वको सरकारलाई ढाल्न कुनै समस्या हुँदैन ।’

देउवाले वर्षौदेखि स्थानीय तहमा काम गर्दैै आएका अस्थायी कर्मचारीहरुलाई स्वतह स्थायी नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?