छुट्टाछुट्टै स्थानामा भएका सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु

appharu
0
Shares

काठमाडौं-कपिलवस्तु, ललितपुर, काभ्रे, बारा, रुपन्देही र बर्दियामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ ।
कपिलवस्तु, बुद्धभूमि नगरपालिका-२ गोरुसिङेस्थित सडकमा ना.५ ख ७७१० नम्बरको ट्रकले बा.७९ प ४२०२ नम्बरको मोटरसाइकललाई बिहीबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएका बुढानिलकण्ठ बस्ने २६ वर्षीय पेम्बा शेर्पाको प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी कपिलवस्तु, मायादेवी गाउँपालिका-२ अभिरावस्थित सडकमा यूपी ५५ वाई ४२११ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार बेलुका दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक भारत सिद्धार्थनगर थानाबासी सिंरहवा बस्ने २५ वर्षीय राजु लोधको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार रुपन्देही गैँडहवा-९ बस्ने २२ वर्षीय राजेश शर्माको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
ललितपुर, ललितपुर महानगरपालिका-१५ चापागाउँ दोबाटोस्थित सडकमा बा.१ ख ८५०१ नम्बरको बसले बिहीबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएकी पैदलयात्री महालक्ष्मी नगरपालिका-२७ सुनाकोठी बस्ने सुनसरी बराह घर भएकी ६ वर्षीया एलिशा माझीलाई उपचारको लागि बीएण्डबी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काभ्रे, पाँचखाल नगरपालिका-८ पचासकिलोस्थित सडकमा बा.५ ख २५९३ नम्बरको टिपरमा बा.५९ प ६३९० नम्बरको मोटरसाइकल ठक्कर खाई बिहीबार बेलुका दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक पाँचखाल नगरपालिका-१ बस्ने ३० वर्षीय श्याम प्रसाद दाहालको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार मण्डन देउपुर बस्ने ५० वर्षीय धुर्व प्रसाद पराजुलीको सोही अस्पतालमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बारा, जितपुर सिमरा उपमहानगरपालिका-१ स्थित सडकमा ना.४७ प ५०१० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिएर बिहीबार साँझ दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक मकवानपुर हटिया बस्ने २५ वर्षीय बिशाल मोक्तानको वीरगंज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ ।
रुपन्देही सैनामैना नगरपालिका-८ रामापुरस्थित सडकमा हाल नम्बर नखुलेको टिपरले लु.१९ प १४६५ नम्बरको मोटरसाइकललाई बिहिबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँस्थित बासगढी बस्ने २० वर्षीय दिनेश सुनारको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ । फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
बर्दिया, बारबर्दिया नगरपालिका-७ फरदङ्गा खोलास्थित सडकमा ना.८ ख ५१८९ नम्बरको ट्रक अनियन्त्रीत भई सडकबाट करिब १० मिटर तल खसेर शुक्रबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका ट्रकमा सवार बाँके कोहलपुर नगरपालिका झन्डहवा बस्ने ३५ वर्षीय जिवराईकल साहको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?