रामेछापमा जीप दुर्घटना हुँदा चालकको मृत्यु, वडाध्यक्ष घाइते

काठमाडौं । रामेछापमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ, भने अर्का एक घाइते भएका छन् |

जिल्लाको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर–१, दुरागाउँको गुरुवाङ्गमा ना ४ च ६२०५ नम्बरको जीप शनिबार बिहान दुर्घटना हुँदा चालक क्याल्वु तामाङको मृत्यु भएको छ ।

दुर्घटनामा परि दुरागाउँकै वडा अध्यक्ष निङमार तामाङ घाइते भएका छन् । तामाङको अहिले दुरागाउँ स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?