अब पनि गरीब भइरहन सक्दैनौं: प्रधानमन्त्री ओली

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक कुटनीतिसँगै आर्थिक कुटनीतिको आवश्यकता रहेको बताएका छन् ।

शनिबार राजधानीमा परराष्ट्र नीति संवाद विषयक कार्यक्रममा बोल्दै ओलीले राष्ट्रिय अस्तित्वलाई जोगाउाने कुरामा पूर्वजहरुको महत्वपूर्ण योगदान रहेको उल्लेख गरे |

सन्तुलित परराष्ट्र नीतिमा जोड दिँदै प्रधानमन्त्री ओलीले सन्तुलित परराष्ट्र नीति र भौगोलिक अवस्था सबैले ख्याल गर्नुपर्ने भन्दै छिमेकी राष्ट्रमा कुनै खालको तनाव नहोस् भन्ने धारणा व्यक्त गरेका छन् ।

नेपाल अब पनि गरीब भइरहन नसक्ने भन्न्दै ओलीले १८ प्रतिशत गरीबहरु केही वर्षमै धनीमा परिणत हुने बताए । सुखी नेपाली समृद्ध नेपालको नारालाई मूतरुप दिन सरकार सबै संघसंस्था र सरोकारवालासँग छलफल र सहकार्य गर्न तयार रहेको ओलीले प्रष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?