नागढुङ्गाबाट ब्राउन सुगरसहित एक जना पक्राउ

काठमाडौँ । नागढुङ्गाबाट ब्राउन सुगरसहित एक जना पक्राउ परेको छ ।

महानगरीय प्रहरी विभाग नागढुङ्गाले काठमाडौँको मुख्य नाका चन्द्रागिरी नगरपालिका वडा नं. २ नागढुंगास्थित चेकजाँचको क्रममा खैरो हिरोईन (ब्राउन सुगर) सहित एक जनालाई पक्राउ गरेको हो ।

नेपालगंजबाट काठमाण्डौँतर्फ आउँदै गरेको ना८ ख १३४ नम्बरको यात्रु बाहक बसबाट खैरो हिरोईन (ब्राउन सुगर) बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा जिल्ला सुर्खेत गर्भाकोट न.पा. वडा नं. १३ घर हुने वर्ष २७ को गोपाल परियार रहेका छन् |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?