कांग्रेसलाई लोकतन्त्रको पाठ सिकाउनु हास्यास्पद: नेता सिंह

काठमाडौं | नेपाली कांग्रेसमा नेता प्रकाशमान सिंहले काम गर्ने तर आफुले गरेको काम जनता सामु पुर्याउन नसक्नु कांग्रेसको कमजोरी रहेको बताएका छन् |

आज रुपन्देहीको सैनामैना नगरपालिकामा गणेशमान सिंह स्मृति पुस्तकालयले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले अरु दलले गर्न नसकेको काम कांग्रेसले गरेर देखाएको इतिहास नबिर्सन सबैलाई आग्रह गरे |

उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार असफल भएको भन्दै मेलम्चीको पानीले काठमाडौंको सडक पखालिन्छ भन्दै भाषण गरेर अहिले आफुलाई परियोजनाबारे थाहा नै छैन भन्नु हास्यास्पद भएको बताए |

कांग्रेसको हात समातेर आएका दलहरुले कांग्रेसलाई लोकतन्त्रको पाठ सिकाउनु हास्यास्पद रहेको भन्दै एकपटक आफ्नो बिगत सम्झन समेत नेता सिंहले आग्रह गरेका छन । सिंहले बर्तमान सरकार एकपछि अर्को भ्रष्टाचारका मुद्दाहरुमा रुमलिएको भन्दै सुशासनको अपेक्षा गर्न नसकिने पनि प्रष्ट्याए |

उनले सरकारले गरेका हरेक अलोकतान्त्रिक गतिविधि विरुद्ध कांग्रेस सदनदेखि सडकसम्म खरो रुपमा उत्त्रिने चेतावनी समेत दिएका छन् |
उनले शेरबहादुर देउवाको बिरोध गर्यो भन्ने आरोप लगाउनेलाई आफुकोई कसैको बिरोधि नभई पाटि प्रभावकारि बलियो बनाउन लागेको समेत प्रष्ट पारे |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?